चैत १२, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले चैत्र १३ गते, राष्ट्रिय स्वयंसेवककाे भेला आयोजना हुँदैछ। बिहान १० बजेदेखि तीनकुनेमा हुने भेला अघि ५००० युवाले गणतन्त्रको रक्षा र देशको स्थायित्वका लागि मार्चपास गर्ने कार्यक्रम छ। ‘देशका लागि रगत होइन, त्यो पानी हो’ भन्ने भावनासाथ यस कार्यक्रमको तयारी गरिएको छ।

कार्यक्रममा मनाेनित केन्द्रीय कमिटी, केन्द्रीय आयाेग र विभागका सदस्यहरूले सपथ ग्रहण गर्नेछन्। यसका साथै, बदलिँदो परिस्थितिमा युवाको भुमिका र दायित्वका बारेमा विशेष अभिमुखीकरण गरिने छ।
भेलामा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन र निर्देशन दिने कार्यक्रम रहेकाे छ ।