• २०८३ जेष्ठ ४ गते सोमवार

अर्घाखाँची सिमेन्ट र तिरूपति फुडलाई दुई लाख जरिवाना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं । अर्घाखाँची सिमेन्टलाई उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ ।

विभागले आइतबार गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको जानकारी दिएको छ । त्यस्तै विभागले तिरूपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रूपन्देहीलाई पनि दुई लाख पाँच हजार जरिवाना गरेको छ ।

त्यस्तै आइतबारको अनुगमनमा विभागले पञ्चकन्या स्टीलआकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्न्पूर्ण इन्डस्ट्रिज, एनबि वेभरेज, शुभकामना मिनिरल वाटर एण्ड वेभरेज, चण्डेस्वरी मिनरल वाटर एयड वेभरेल, झरना प्योर ड्रिङकिङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुमगन गरेर सामान्य निर्देशन दिएको जानकारी दिएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस