• २०८३ बैशाख १५ गते मङ्गलवार

कुनै पनि दलसँग एकता टुंगो लागिसकेको छैन- प्रचण्डको सचिवालय

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ७, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एकीकृत समाजवादीसँगको एकताको विषयमा टुंगो नलगाएको स्पष्ट गरेको छ ।

शुक्रबार सञ्चारमाध्यमहरुमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता टुंगिएको आशयको समाचारहरु प्रकाशित भएपछि प्रचण्डको सचिवालयले यसको खण्डन गरेको हो ।

सचिवालयले माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्द राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरुबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पुरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरुमा घनिभूत छलफल जारी रहेको र कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको बताएको छ ।

सचिवालयले भनेको छ:
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्द राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरुबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पुरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरुमा घनिभूत छलफल जारी छ ।

यद्दपी कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन । बिभिन्न समयमा नेपाली जनताको अगुवाईमा भएका क्रान्ति र संघर्षहरुलाई रक्षा गर्दै बाँकी कार्यभार पुरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ । इतिहासको यही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि बिभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक संजाल तथा केही संचार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौं ।

Sharing

प्रतिक्रिया दिनुहोस