• २०८३ जेष्ठ २४ गते आइतवार

तारकेश्वरमा राति भएको मोटरसाइकल दुर्घटनामा १७ वर्षीय युवक गम्भीर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ७, काठमाडौं । गए राति करिब ११:३५ बजे तारकेश्वर नगरपालिका वडा नम्बर–६ धर्मस्थली पसल चोकस्थित सडक खण्डमा भएष्को मोटरसाइकल दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन्। तिनपिप्लेबाट सानो बाइपासतर्फ जादैं गरेको बा.प्र.०२.०३७प ५१०६ नम्बरको आर वान फाइप मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किइ सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक तारकेश्वर नगरपालिका–३ बस्ने १७ वर्षीय प्रजित घिमिरे गम्भीर घाइते भएका छन्। टाउको, छाती, हात र खुट्टामा चोट लागेका घिमिरेलाई प्रारम्भिक उपचारका लागि टिजिङ अस्पताल महाराजगञ्ज लगिएकोमा थप उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा सारिएको बालाजु प्रहरी वृत्तले जनाएको छ।

दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस