• २०८३ बैशाख १५ गते मङ्गलवार

मेसी इन्टर मियामीमा थप तीन बर्ष खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ७ , काठमाडौं । लियोनेल मेसीले इन्टर मियामीमा आफ्नो सम्झौता नवीकरण गरेका छन् ।

मेसीले थप तीन बर्षको लागि डिसेम्बर, २०२८ सम्मका लागि सम्झौता नवीकरण गरेको क्लबले जानकारी दिएको छ । मेसी जुलाई, २०२३ मा इन्टर मियामीमा सामेल भएका थिए । ३८ बर्षिय मेसी अब ४१ बर्षको उमेरसम्म इन्टर मियामीमै रहने भएका छन् ।

मेसीले तीन बर्षको लागि १५० मिलियन डलरमा सम्झौता नवीकरण गरेको रिपोर्ट छ ।

इन्टर मियामीमा मेसीले अहिलेसम्म खेलेका ८२ खेलमा ७१ गोल गरेका छन्, जसमा लिगमा ५३ खेलमा ५० गोल गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस