• २०८३ जेष्ठ १६ गते शनिवार

प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।

भेटवार्तामा दुई पक्षीय सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि उपराष्ट्रपति सुआनले आजै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेकी थिइन् ।

उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस