• २०८३ जेष्ठ ८ गते शुक्रवार

युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, काठमाडौं । संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ । सन् २०२६ को अन्त्यसम्ममा अमेरिका बाहिरिने निर्णय गरेको हो ।

अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र राष्ट्रिय हितसँग मेल नखाने कार्यप्रवृत्ति अपनाएको आरोप लगाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको दाबी गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस