• २०८३ साउन ३१ गते आइतवार

सशस्त्रको असई बनाइदिने भन्दै ५ लाख ठगेको आरोपमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं । सशस्त्र प्रहरी बलको सहायक निरीक्षक (असई) पदमा नाम निकालीदिन्छु भन्दै करिब पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ का ४७ वर्षीय सोम कौशिक क्षेत्री छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

असईको फारम भरेका एक व्यक्तिलाई नाम निकालीदिन्छु भन्दै ई–सेवा आईडी तथा विभिन्न बैंकको खतामा गरेर चार लाख ९१ हजार रुपैयाँ जम्मा गर्न लगाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

रकम लिएर सम्पर्कबिहिन भएपछि ती व्यक्ति आफू ठगिएको भन्दै प्रहरीमा पुगेका थिए ।

नागार्जुन रामकोटबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस