• २०८३ जेष्ठ १ गते शुक्रवार

कतार जाने उडान रोकियो, यात्रुको बिचल्ली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काडमाडौं । इरानले अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि काठमाण्डौबाट कतार जाने उडान रोकिएको छ । हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको छ ।

इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । कतारको हवाई क्षेत्र बन्द भएसँगै नेपाल एयरलाइन्सको दोहा उडानसमेत प्रभावित भएको छ ।

राति ११ बजे उडान तालिका रहेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । कतार जाने यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस