• २०८३ बैशाख १७ गते बिहिवार

डोजरले खसालेको ढुङ्गाले लागेर मुगुमा बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, मुगु। मुगुमा डोजरले खसालेको ढुङ्गाले लागेर एक बालकको मृत्यु भएको छ । यस्तै ढुङ्गाले लागेर बालककी आमा गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

सोरु गाउँपालिका– १० मा सडक निर्माणका क्रममा खसेको ढुङ्गाले स्थानीय बासिन्दा कल्पना नेपाली र उहाँका १० वर्षीय छोरा लोकजङ्गलाई लागेको हो । बालकको घटनास्थलमै मृत्यु भएको र गम्भीर घाइते आमालाई जिल्ला अस्पताल पठाएको स्थानीय बासिन्दाले बताएका छन् ।

हिजो बेलुका बारीको कामबाट घर फर्कँदै गर्दा आमा छोरालाई ढुङ्गाले लागेको हो । दोमुख–गमगढी–नाक्चेलाग्ना सडक अन्तर्गत सोरु गाउँपालिका–१० बजुरेदेखि दोमुखसम्म ट्र्याक खोल्ने काम भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस