• २०८३ बैशाख २८ गते सोमवार

बाँकेबाट जुवातास खेलिरहेका चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, काठमाडौं ।   बाँकेको बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने ५० वर्षीय चैतराम थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा चैतराम समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७९ हजार रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस