• २०८३ बैशाख २६ गते शनिवार

यस्तो छ आजको मौसम पूर्वानुमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, काठमाडौं ।   जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल सुदूरपश्चिम प्रदेशमा मौसम मूख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको र तराईका धेरै स्थानहरूमा हुस्सु लागेको जानकारी दिएको छ ।

त्यसैगरी देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिएको विभागले जनाएको छ ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने र आज राती देशभर मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस