मंसिर ७, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की विरूद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जबाफ माग्ने आदेश गरेको छ।सर्वोच्चको आदेशका बावजुड पनि सरकारले १३ देशका राजदूतलाई फिर्ता गरी अवहेलना गरेको रिटमा आइतबार न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको हो।

रिटमाथि सुनुवाइ गर्दै विपक्षीहरूको लिखित जबाफ माग्ने आदेश भएको सर्वोच्चको वेबसाइटमा उल्लेख गरेको छ। मंसिर २ गते अवहेलनाका दुई वटा छुट्टाछुट्टै रिट परेका थिए। जसमध्ये अधिवक्ता प्रेमराज सिलवालले परराष्ट्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएका थिए ।
अधिवक्ताहरू प्रतिभा उप्रेती, अनन्तराज लुइँटेल र विशाल थापाले प्रधानन्त्री सुशीला कार्की समेतलाई विपक्षी बनाएका थिए।