• २०८३ बैशाख १९ गते शनिवार

स्रोत नखुलेको रकमसहित मोरङबाट एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, मोरङ। मोरङको विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रूपैयाँ सहित सोही महानगरपालिका-१८ बस्ने ४१ वर्षीय बिरेन्द्र साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ५८५१ नम्बरको मोटरसाइकलामा सवार उनलाई उक्त रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस