• २०८३ बैशाख ९ गते बुधवार

नेप्से परिसुचक दोहोरो अंकमा घट्यो, कारोबारमा पनि भारी गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौं । आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५ बिन्दुमा पुगेर बन्द भएको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको देखिएको छ ।

बिहिवार ३१८ कम्पनिको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भएको थियो । जसबाट ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ बराबर कारोबार भएको छ ।

हिजो अर्थात बुधबार भने ५२.३६ अंकले बढेर बन्द भएको सेयर बजारमा ९ अर्ब २० करोड मूल्य बराबरको कारोबार भएको थियो, यसको तुलनामा झन्डै २ अर्ब कम कारोबार भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस