• २०८३ असोज २८ गते बुधवार

जाडो बढेपछि वीरगंजका विद्यालयमा बिदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौं ।   वीरगंज महानगरपालिकाले जाडो बढेपछि पुस ७ गतेदेखि ९ गतेसम्म विद्यालयहरूमा पठनपाठन स्थगित गरेको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले बढ्दो प्रतिकूल मौसमको कारणबाट बालबालिकाहरूको स्वास्थ्यमा असर पर्ने भएकोले वर्षे सट्टे विदाबाट कट्टा हुने गरी पुस ७ गतेदेखि ९ गतेसम्म सम्पूर्ण विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको जानकारी दिएको छ ।

साथै महाशाखाले पुस ११ गते शैक्षिक क्यालेण्डरमा नै सट्टा विदा राखिएकोले १३ गते आइतबारबाट पूर्ववत् समयमा विद्यालय सञ्चालन हुने जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस