• २०८३ बैशाख ३१ गते बिहिवार

बंगलादेशको भूकम्पमा मृत्यु हुनेको संख्या १० पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं । बंगलादेशको राजधानी ढाका र अन्य धेरै क्षेत्रमा शुर्क्बार गएको भूकम्पमा दश जनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी घाइते भएका छन् ।

भूकम्पको परिमाण ५.७ थियो । भूकम्पको केन्द्रबिन्दु ढाकाबाट करिब ३० किलोमिटर टाढा नरसिंदी जिल्लामा थियो । ढाकामा चार जना, नरसिंदीमा पाँच जना र नारायणगञ्जमा एक जनाको मृत्यु भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

भूकम्पका कारण नरसिंदीमा १०० भन्दा बढी भवनहरूमा चर्किएको छ भने ढाकामा १४ वटा भवनहरूमा क्षति पुगेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस