• २०८३ भाद्र २ गते मङ्गलवार

कविता लेख्दै तोसिमाको गुनासो- कर्नर भईयो, लुसिफर भइयो !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीमा आफु कर्नर भएको आशय व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा कविता लेख्दै तोसिमामाले कर्नर भएको र लुसिफ़र भएको उल्लेख गरेकी छन् ।

उनले नरभक्षिहरु खोरमा जाकिने र यो देश नयाँ पुस्ताले चलाउने दाबि समेत गरेकी छन् ।

उनले भनेकी छन्:
एक भाई, दुई बहिनी – तीन देश भइयो
डाक्टर भइयो, ईन्जिनियर भईयो
कर्नर भईयो, लुसिफर भइयो ।
विश्वासको खडेरी,
आशाको आगो,
भेलको भरोसा,
नरभक्षिहरु खोरमा जाकिन्छन्,
यो देश नयाँ पुस्ताले चलाउँछ,
पोलेको त पलाउँछ ।

Sharing

प्रतिक्रिया दिनुहोस