• २०८३ कार्तिक २२ गते शनिवार

कर्णाली याक्सले स्कटल्याण्डका बलर मार्क वाटलाई भित्र्यायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी कर्णाली याक्सले स्कटल्याण्डका बलर मार्क वाटलाई दोस्रो सिजनको लागि भित्राएको छ ।

२९ बर्षिय बलर मार्क वाटले टी-२० अन्तर्राष्ट्रिय खेलमा ७७ खेल खेल्दै ८९ विकेट लिएका छन् ।

सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीमा गुलशन झा, नन्दन यादव, अर्जुन घर्ति, दिपेन्द्र रावत, युनिशबिक्रम सिंह ठकुरी, पवन सराफ, इमरान सेख, दीपक डुम्रे र युवराज खत्रीलगायतका खेलाडी रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस