• २०८३ बैशाख २२ गते मङ्गलवार

एकीकृत समाजवादीमा समाहित भयो विद्रोही एकता अभियान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं । नेकपा एकीकृत समाजवादी र विद्रोही नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता भएको छ ।

शुक्रबार एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्तहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रमको अध्यक्षता पार्टीका वरिष्ठ नेता प्रमेश हमालले गरेका थिए भने उपाध्यक्ष डा.गंगालाल तुलाधरले सञ्चालन गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस