साउन ६, काठमाडौं । मदन पुरस्कार गुठीले ७ उत्कृष्ट पुरस्कारको सुची सार्बजनिक गरेको छ । नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मानिने ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट गरी सार्बजनिक गरेको हो ।

मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २ सय ९९ पुस्तकहरूबाट उत्कृष्ट ७ को संक्षिप्त सूची सार्वजनिक गरेको हो। जुन पुस्तक मध्ये एकले मदन पुरस्कार प्राप्त गर्न सक्नेछ । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार छनोटमा परेका कृतिहरूमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तकहरू समेटिएका छन्। जसअनुसार पुरस्कार छनौटका लागि ‘सर्ट लिस्ट’ मा परेका पुस्तकहरूमा उरमाल – छुदेन काविमो, छालबाटोः कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल, दर्ज्यु संलाप – कुमारी लामा, पञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बा, बहुरुपी – श्रेयज सुवेदी, भिक्षु, व्यापार र विद्रोह – सुधीर शर्मा, हिउँको गीत – तीर्थ गुरुङ रहेका छन् । आज सुनको मुल्य एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेर एक लाख पन्चानब्बे हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख त्रियानब्बे हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य आज तोलामा ३५ रुपैयाँले बढेर दुई हजार तीन सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय पचासी रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।