माघ ९, काठमाडौं । सुनको मुल्य हिजो र आज दुई दिनमै तोलामा तीन हजार रुपैयाँले बढेको छ । आज सुन एकैदिन तोलाकाे एक हजार नौ सय रुपैयाँ र हिजो एक हजार एक सय रुपैयाँले बढेको हो ।
सुनको मुल्य आज तोलामा एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे मुल्य तोलाको एक लाख ५८ हजार एक सय रुपैयाँ रहेको थियो ।
यस्तै चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर एक हजार आठ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको एक हजार आठ सय ७५ रुपैयाँ रहेको थियो ।