• २०८३ बैशाख २७ गते आइतवार

टर्कीको होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु, ५० जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौँ । टर्कीको एउटा स्की होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । आगलागीमा अरु ५० जना घाइते भएका छन् । स्थानीय समयअनुसार बिहान साढे तीन बजे राजधानी अङ्काराबाट १७० किलोमिटर उत्तरपश्चिममा रहेको बोलु शहरमा १२ तले ग्राण्ड कार्टेल नामको होटलमा आगलागी भएको बीबीसीले जनाएको छ ।

आगलागीको समयमा २ सय ३४ जना होटलमा रहेका खबरमा उल्लेख छ । टर्कीका स्थानीय सञ्चारमाध्यमअनुसार दुई जनाको झ्यालबाट हाम फालेर मृत्यु भएको छ । बोलुको पहाडी भूभाग स्कीइङका लागि लोकप्रिय रहेकाले यो समयमा विद्यालय बिदा परेकाले इस्तानबुल र अङ्काराबाट धेरै मानिसहरू बिदा मनाउन त्यहाँ गएका थिए ।

आगलागीको घटनाबारे अनुसन्धानका लागि भन्दै होटल मालिकसहित नौ जनालाई पक्राउ गरिएको त्यहाँका प्रहरी अधिकारीले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस