• २०८३ बैशाख ३ गते बिहिवार

जेनजी र दलहरुबीच सम्वाद गर्न प्रधानमन्त्री कार्कीको प्रस्ताव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले राजनीतिक दलहरुसँग अब जेनजीसँग सम्वाद गर्न प्रस्ताव गरेकी छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको राजनतिक दलहरुसँगको संवादमा बोल्दै अब जेनजी र दलहरू बसेर सम्वाद गर्न प्रस्ताव गरेकी हुन् ।

उनले दलहरुसँग छलफल गर्न ढिलाइ भएको बारे स्पष्ट गर्दै घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्दा समय लागेको बताएकी छन् । साथै उनले सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरुचाएको कारणले सम्वादमा ढिला भएको बताएकी छन् ।

छलफलमा उनले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको धारणा राखेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले स्थिति सामान्यीकरण गर्दै चुनावतिर जान सबै दललाई आग्रह गरेकी छन् । उनले चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताउदै दलहरुले व्यक्त गरेका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको बताएकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस