असोज ५, काठमाडौं । काठमाडौँको बालाजुस्थित बाइपास चोकमा बस दुर्घटनामा परेर ३१ जना घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–१६ स्थित बाइपास चोकमा आइतबार बिहान दुर्घटनामा परेकाहरूको ग्रिनसिटी र सिल्भर लाइनमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

७ जनाको ग्रिनसिटी अस्पताल र २४ जनाको सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको छ । लोलाङ हुँदै रत्नपार्क चल्ने बा.५ ख ५० नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । बस चालक गोरखा आरुघाट घर भएका २७ वर्षीय अनिल कार्कीलाई नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए ।