• २०८३ जेष्ठ ३१ गते आइतवार

एमालेको केन्द्रीय कमिटी बैठक बोलाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।

बैठकमा दोस्रो विधान महाधिवेशनको तयारी तथा महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस