चैत्र ८, काठमाडौं। नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि, बुधबार छापावाल सुनको भाउ हालसम्मकै उच्च १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो । बिहीबार पनि सुनको भाउ सोही मूल्यमा स्थिर कायम भएको थियो ।
यता, आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १९ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला २ हजार ३० रुपैयाँ कायम रहेको थियो ।