• २०८३ जेष्ठ १ गते शुक्रवार

भारतको असममा रेलको ठक्करबाट ८ हात्तीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, काठमाडौं ।   भारतको असमको होजाई जिल्लामा रेलको ठक्करबाट ८ हात्तीको मृत्यु भएको छ ।

दुर्घटनामा रेलका पाँचवटा डिब्बा पटरीबाट खसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुर्घटनामा कुनै पनि यात्रु घाइते नभएको बताइएको छ । यद्यपि, रेलले ठक्कर दिँदा आठ हात्तीको मृत्यु भएको छ भने एक घाइते भएको छ ।

उत्तरपूर्वी सीमान्त रेलवेका प्रवक्ताले घटनामा पाँचवटा डिब्बा र रेलको इन्जिन पटरीबाट खसेको बताए, यद्यपि कुनै पनि यात्रु घाइते नभएको बताए । रेलवे प्रवक्ताले नयाँ दिल्ली जाने रेल दुर्घटना गएराती २: १७ बजे भएको बताए । साइरङ-नयाँ दिल्ली राजधानी एक्सप्रेसले मिजोरमको साइराङ (ऐजवल नजिक) आनन्द विहार टर्मिनल (दिल्ली) लाई जोड्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस