• २०८३ असार १७ गते बुधवार

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा रत्नपार्कमा दीप प्रज्वलन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा शनिबार दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

शान्तिबाटिका रत्नपार्कमा आयोजित कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंमा रहेका नेता, कार्यकर्ताका साथै पार्टीका महामन्त्री गगन थापाको समेत उपस्थिती रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस