• २०८३ बैशाख ११ गते शुक्रवार

काठमाडौंका केही क्षेत्रमा आज दुई घण्टा विद्युत आपूर्ति बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौं । आज काठमाडौंको सुन्धारा, त्रिपुरेश्वर, क्षेत्रपाटीलगायतका क्षेत्रमा आज दुई घण्टा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण दरबारमार्ग वितरण केन्द्रले जनाएको छ। प्राधिकरणका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म सुन्धारा, सिभिल मल, सेन्ट्रल जेल, चाइना टाउन, त्रिपुरेश्वर चोक तथा त्यस आसपासका क्षेत्रमा विद्युत आपूर्ति रोकिनेछ।

त्यसपछि दिउँसो १२ बजेदेखि २ बजेसम्म पुष्पलाल पार्क, ढल्को, क्षेत्रपाटी चोक, पकनाजोल, धोबिचौर, ठहिटी, ज्याठा लगायत क्षेत्रहरूमा विद्युत सेवा बन्द रहनेछ।

विद्युत प्राधिकरणका अनुसार भूमिगत केबल सम्बन्धी कार्यका लागि विद्युत आपूर्ति बन्द गरिन लागेको हो। यद्यपि निर्धारित समयअघि नै काम सम्पन्न भएमा सेवा पुनः सञ्चालन हुने जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस