• २०८३ जेष्ठ १० गते आइतवार

मुग्लिन-नारायणघाट सडक खण्ड गएरातीदेखि नै अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौं । मुग्लिन-नारायणघाट सडक खण्ड गएरातीदेखि नै अवरुद्ध भएको छ ।

मुग्लिन नजिकै तुइन खोला छेउमा हिजो साँझदेखि झरेको पहिरो रातभरि झर्ने क्रम नरोकिकाले सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ । पहिरो झर्ने क्रम अझैपनि जारी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ । तथापी हाल २ वटा लोडर परिचालनको लागि तयारी अवस्थामा छन भने अर्को एउटा एक्स्ट्राभेटर पनि तयारी अवस्थामा राखिएको डिभिजन कार्यालयले जनाएको छ ।

हाल सूरक्षालाई मध्यनजर गरि पहिरो झर्न रोकिएपछि क्रमशः यथाशक्य छिटोभन्दा छिटो आवागमन सूचारू गरिने व्यहोरा सडक डिभिजनले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस