• २०८३ असार १ गते सोमवार

आईपीएल क्रिकेटमा आज पञ्जाब र बेङ्गलुरु तथा मुम्बई र चेन्नई खेल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ७, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । मुल्लानपुरमा हुने पहिलो खेलमा पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो पानै ४ बजे शुरु हुनेछ । पञ्जाब सात खेलमा १० अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ । समान सात खेलमा आठ अङ्कसहित बेङ्गलुरु पाचौँ स्थानमा छ ।

त्यस्तै आजको अर्को खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । विशाखापटनममा हुने यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । मुम्बई सात खेलमा छ अङ्कसहित तालिकाको सातौं स्थानमा छ ।

समान खेलमा चार अङ्कसहित चेन्नई तालिकाको पुछारमा छ । हिजो भएका खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई सात विकेट र लखनउ सुपर जायन्टस्ले राजस्थान रोयल्सलाई दुई रनले हरायो ।

Sharing

प्रतिक्रिया दिनुहोस