चैत ७, काठमाडौं । कर्णाली प्रदेशले लुम्बिनीलाइ २०६ रनको लक्ष्य प्रस्तुत गरेको छ । जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध कर्णालीले सो लक्ष्य दिएको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४८।५ ओभरमा २ सय ५ रनको योगफल तयार पार्न सफल भएको छ। जारी खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले लुम्बिनीविरुद्ध २ सय ५ रन जोडेको हो । जसमा कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६६ रन जोडेका थिए ।
उता, लुम्बिनीका लागि रमेश कुर्मीले ३, विप्रसन केसी, निर्मल गुरुङ र अजय चौहानले समान २ तथा कप्तान देव खनालले १ विकेट लिन सफल भएका छन ।प्रतियोगितामा ६ खेलमा ८ अंकका साथमा लुम्बनी तेस्रो स्थानमा छ भने ५ खेलमा ४ अंक जोडेको कर्णाली पाँचौ स्थानमा छ ।
बागमती समक्ष पुलिसले दियो २९८ रनको बिशाल लक्ष्य
नेपाल पुलिस क्लबले बाग्मती प्रदेशका बिरूद्द २९८ रनको बिशाल लक्ष्य दिएको छ । जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित पुलिसले बागमती प्रदेशविरुद्ध विशाल लक्ष्य खडा गरेको हो ।
कुशल भुर्तेल र कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा पुलिसले बागमतीविरुद्ध २ सय ९८ रनको विशाल लक्ष्य खडा गरेको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार पार्न सफल भएको थियो ।
यो योगफल यस संस्करणको सर्वाधिक ठूलो योगफल हो ।