• २०८३ जेष्ठ २९ गते शुक्रवार

दक्षिणकालीको वनमा डढेलो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, काठमाडौँ । काठमाडौँको दक्षिणकालीको वन क्षेत्रमा डढेलो फैलिएको छ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझ ४, ५ बजेदेखि डढेलो लागेको बताउनुभयो । उहाँका अनुसार डढेलो निभाउने प्रयास गरिएपनि पूर्ण रुपमा निभाउन सकिएको छैन ।

हालसम्म नगरपालिकाको वडा नं ४, ३ र १ को जङ्गल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टर भन्दा बढी वनक्षेत्र जलिसकेको बताउनुभयो । अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन् ।

नगरप्रमुख बस्नेतका अनुसार हिजो भन्दा आज डढेलो केही नियन्त्रणमा आएको तर ठूटामा सल्किएको आगो फेरि फैलिने डर कायमै रहेको बताृनु भयो । उहाँले सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना हाललाई टरेको बताउनुभयो । वडा नं ४ बाँसबारी क्षेत्रबाट आगो फैलिएको उहाँले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस