• २०८३ बैशाख ८ गते मङ्गलवार

पोखराका मेयर आचार्य अस्पतालबाट ’डिस्चार्ज’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, काठमाडौँ । पोखरा भ्रमण वर्षको घोषणा समारोहमा आगोमा बेलुन पड्किँदा घाइते हुनुभएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

गएको शनिवार पोखरामा आयोजित कार्यक्रममा बेलुन पड्किँदा मेयर आचार्य र उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल घाइते हुनुभएको थियो । घाइते दुवै जनाको काठमाण्डौमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचार भएको थियो ।

अर्थमन्त्री पौडेल भने केही दिनअघि डिस्चार्ज भइसक्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस