• २०८३ जेष्ठ २७ गते बुधवार

देउवाको भारत भ्रमण रद्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । इन्डिया फाउन्डेशनले आयोजना गरेको ’कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रममा वक्ताका रूपमा देउवा सहभागी हुन आज भारत जाने तयारी रहेकोमा स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

शुक्रवार र शनिवार प्रयागराजमा हुने सम्मेलनमा वक्ताका रूपमा आयोजकले कांग्रेस सभापति देउवालाई बोलाएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस