• २०८३ असोज १७ गते शनिवार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ३, काठमाडौं । नेपालको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ। असोज ३ गते नेपालको संविधानलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै उहँले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय र समावेशीताका मूल्यहरूलाई संस्थागत गर्न सबै नेपालीलाई आग्रह गर्नुभएको छ।

पूर्वराष्ट्रपति भण्डारीले देश र जनताको हितमा आफ्नो जीवन बलिदान गर्ने सहिद, वेपत्ता र आन्दोलनकारीहरूलाई स्मरण गर्दै संविधान दिवसको ऐतिहासिक महत्वका बारेमा प्रकाश पर्नुभएको छ । उहाँले संविधान निर्माणका क्रममा भएका जनआन्दोलन, संघर्ष र योगदानलाई उच्च सम्मान प्रकट गर्नुभएको छ।

उहाँले लोकतान्त्रिक प्रणालीको सुदृढ कार्यान्वयन, पारदर्शिता, सुशासन, सामाजिक–आर्थिक समावेशिता, न्याय र एकतामा जोड दिँदै संविधानको रक्षा र कार्यान्वयनमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकजुट भई अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

भण्डारीले युवाशक्ति, बालबालिका, नयाँ पुस्तालाई नेपालको भविष्यको आधार मानेर उनीहरूलाई सिर्जनशीलता, नवप्रवर्तन, उद्यमशीलता र नेतृत्वतर्फ उन्मुख गराउनु आवश्यक रहेको औँल्याउनुभयो। उहाँले युवाहरूको ज्ञान, सीप, उर्जा, लगनशीलता र देश प्रतिको समर्पणलाई राष्ट्रनिर्माणमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले सन्देशमा संविधान दिवसले लोकतन्त्रको मार्गमा अझ बलियो यात्राको प्रेरणा दिनुपर्ने, लोकतान्त्रिक मूल्य, मानवअधिकार र राष्ट्रको समुन्नत भविष्यका लागि सबै पक्ष एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभएको छ । संविधान दिवस र राष्ट्रिय दिवस २०८२ को सन्दर्भमा पूर्वराष्ट्रपति भण्डारीको सन्देशले मुलुकलाई लोकतान्त्रिक मूल्य र सिद्धान्तमा अझ सुदृढ बनाउने मार्गचित्र तय गर्न प्रेरणा दिने अपेक्षा गरिएको बताउनुभयो।

Sharing

प्रतिक्रिया दिनुहोस