जेठ ५, काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि छिमेकी राष्ट्र चीन जाँदै हुनुहुन्छ। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उहाँ २०८२ जेठ १० गते चीनको बेइजिङ जान लाग्नु भएको हो।

चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले उच्च राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम तय भएको जनाएको छ।