• २०८३ बैशाख २० गते आइतवार

एमालेको उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३, काठमाडौं ।   नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।

लेखराज भट्टले सबैभन्दा बढी १४५२ मत प्राप्त गरेका छन् भने रघुवीर महासेठले १३६८ र योगेश भट्टराई १३४८ मत प्राप्त गर्दै विजयी भएका हुन् । विजयी भट्टराई ईश्वर पोखरेल पक्षबाट उम्मेदवार बनेका थिए ।

त्यस्तै ओली निकट मानिएका नेता विष्णु रिमाल भने पराजित भएका छन् । उनले १०९१ मत प्राप्त गरेका छन् । त्यस्तै आनन्दप्रसाद पोख्रेलले ६३५ मत, वैजनाथ चौधरीले ५१७ र राजेन्द्रप्रसाद गौतमले २७० मत प्राप्त गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस