• २०८३ भाद्र १४ गते आइतवार

अदालतका नासुविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले फैसलाको प्रतिलिपि लिन १२ हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरिएका नासु धमलाविरुद्ध सोहि बराबरको रकम बिगो कायम गरि कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस