• २०८३ जेष्ठ १९ गते मङ्गलवार

नेप्सेमा दोहोरो अंकको वृद्धि, ४ अर्ब १० करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौं ।  नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से १५.७० अंकले बढेर २५६६.०७ विन्दुमा पुगेर रोकिएको छ ।आज ३४५ कम्पनिका ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ४ अर्ब १० करोड ५४ लाख ६ हजार १३४ मा कारोबार भएको थियो ।

आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सागर डिस्टिलरी र माबिलुंग इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ भने बन्दीपुर केबलकारको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज एभरेष्ट बैक डिभेन्चरको शेयर ३.५४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा साहास उर्जाको २२ करोड ९१ लाखको कारोबार भएको छ भने बरुण हाइड्रोको १५ करोड ६८ लाख बराबर कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस