• २०८३ जेष्ठ ७ गते बिहिवार

राष्ट्रियसभा बैठकः पानी जहाज बिधेयक बिधायन समितिमा पठाइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको बार्षिक प्रतिवेदन, ०७९/८०’ पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, ०८१ लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरेको कार्यसुचीमा उल्लेख गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस