• २०८३ बैशाख २५ गते शुक्रवार

दोस्रो चरणको क्याम्पका लागि २० राष्ट्रिय महिला क्रिकेटरको छनौट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने टिम छनौटका लागि दोस्रो चरणको क्लोज क्याम्पको लागि २० खेलाडीलाई छानेको छ । यसअघि २६ नेपाली महिला खेलाडीलाई क्लोज क्याम्पमा बोलाइएकोमा ६ खेलाडीलाई बाहिर राख्दै २० खेलाडी छानेको हो ।

क्यानले इन्दु बर्मा, रुबिना क्षेत्री, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचना चौधरी, कविता कुँवर, राजमती ऐरी, साना प्रविन, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, काजोल श्रेष्ठ, रुबी पोदार र पूजा महतोलाई दोस्रो फेजको क्याम्पमा बोलाएको छ ।

नेपालमै जनवरी १२ देखि फेब्रुअरी २ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुने छन् ।

ग्लोबल क्वालिफायरआमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डसर पिएनजी रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस