• २०८३ बैशाख ८ गते मङ्गलवार

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि सात उम्मेदवारको अन्तर्वार्ता हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, काठमाडौं ।  शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार छनोट तथा सिफारिस समितिले सात जनालाई छनौट गरेको छ ।

समितिले सात उम्मेदवारको सङ्क्षिप्त सूचि प्रकाशित गर्दै आफूले पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्र लगायतका सक्कलै कागजातहरूसहित प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ ।

समितले खेमराज जोशी, गोविन्द सिंह विष्ट, डबल बहादुर धामी, डमरु प्रसाद पनेरु, पदमराज जोशी, भिमबहादुर चन्द र शिवप्रसाद सापकोटालाई छनौट गएको छ । समितले छनौट भएका उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता पौष ८ गते मङ्गलवार सिंहदरबारस्थित शिक्षामन्त्रालयमा बिहान ९ बजेदेखि हुने जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस