• २०८३ बैशाख १८ गते शुक्रवार

एमालेको मतदान शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, काठमाडौं ।   नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

एमालेको अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेर निर्वाचनको शुरुवात गरेका हुन् । ओली र पोखरेलले मतदान गरेसँगै प्रतिनिधिहरूलाई मतदानका लागि पठाउन शुरु गरिएको छ ।

मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन् । एमालेको नेतृत्व चयनका लागि सोमबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउदै आजबाट मात्र मतदान शुरू भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस