• २०८३ बैशाख ११ गते शुक्रवार

फेरी सर्यो काँग्रेसको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक फेरी सरेको छ । आज बस्ने भनिएको काँग्रेसको केन्द्रीय समितिको बैठक मङ्सिर ४ गते मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि शनिबार दिउँसो २ बजे बस्ने भनिएकोमा बैठक आज मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने गरि सारिएको थियो ।

कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन ।

यसैबीच गत शुक्रबार राति काँग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचारपछि फर्किएकाले उनले विवाद समाधान गर्न छलफल शुरु गरेको र अझै सहमति हुन नसकेकोले बैठक सारिएको बुझिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस