• २०८३ बैशाख ३१ गते बिहिवार

एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३१, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी रहेको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ललितपुरमा जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव र आफ्नो धारणा राख्नेक्रम जारी रहेको छ ।

आजको बैठकमा सदस्यहरुले राखेपछि पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ जना नेताहरु रहेका छन् ।

बैठकको अन्त्यमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुबाट आएका धारणाको जवाफ दिएर बैठक समापन हुने गौतमले बताए । बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औं महाधिवेशन गर्ने निर्णय गर्दैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस