• २०८३ असार १४ गते आइतवार

प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिकाका जलवायुु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्धा बनेको जलवायुु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरवैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिनुुभयो । उहाँले हिमालदेखि समुद्रसम्मको अवधारणमाा ठुला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असम्लग्न राष्ट्रहरुले साझा प्रयास चाल्नुुपर्ने बताउनुुभयो ।

सगरमाथा संवादका लागि उक्त मुलुकबाट नेपाल आउनुुभएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरु विश्व समुुदायसमक्ष पुु¥याउने बताउनुुभयो ।

भेटका अवसरमा नेपालका लागि अजरवैजानका गैह्रआवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुुहुुन्थ्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस