• २०८३ बैशाख ३० गते बुधवार

नारायणगढ मुग्लिन सडक अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ ३१, चितवन। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक दुईतर्फि अवरुद्ध बनेको छ ।  वर्षासँगै चितवनको इच्छाकामना–५ तुइन खोला नजिकै आज साँझ करिब ८ः१५ बजेतिर पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो ।
पानी परिरहेको र ढुङ्गा खस्ने क्रम नरोकिएकाले पहिरो हटाउन कठिनाइ भएको उहाँले बताउनुभयो । माथिबाट ढुङ्गा खसेपछि मात्र पहिरो हटाउने काम सुरु हुने उहाँको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस