• २०८३ बैशाख ८ गते मङ्गलवार

चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १६ सैनिक घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, हेटौडा। मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाईमा नेपाली सेनाको एक ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जना सैनिक घाइते भएका छन् । मंगलबार दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तनहुँस्थित नम्बर २ राजदल गणबाट धनुषातर्फ जाँदै गरेको लु १ ग २८० नम्बरको ट्रक हेटौंडा उपमहानगरपालिका-१५ स्थित चुरियामाईको पुलबाट करिब १०-१२ फिट तल खोल्सामा खसेको थियो । दुर्घटनाग्रस्त ट्रकमा २२ जना सैनिक सवार रहेको बताइएको छ ।

मकवानपुर र बारा दुवैतर्फका प्रहरी र नेपाली सेनाकै सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस